१९ कार्तिक २०८३, बिहिबार

निर्वाचन आयोगले त्रिविलाई भन्यो- स्ववियु निर्वाचन रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । निर्वाचन आयोगले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोक्न त्रिभुवन विश्वविद्यालयलाई आदेश जारी गरेको छ ।

स्थानीय निर्वाचनको मिति घोषणासँगै आचारसंहिता लागु भएको स्मरण गराउँदै आयोगले आइतबार त्रिविलाई स्ववियु चुनाव अब गर्न नपाइने भन्दै पत्र पठाएको हो ।

आयोगका कानून अधिकृत सन्तोष प्रसाद भण्डारीद्धारा हस्ताक्षर गरेको पत्रमा निर्वाचन आचार संहिता २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता २०७३को विश्वविद्यालय तथा विद्यालय तथा सरकारी निकायको पेशागत संगठनको निर्वाचन नगर्न नगराउन आदेश दिने निर्णय भएको भन्दै सो निर्णयको आधारमा स्ववियू निर्वाचन नगर्न नगराउन जानकारी गराईएको बताईएको छ ।

यद्यपि पहिले नै कार्यतालिका सार्वजनिक भईसकेको क्याम्पसको हकमा भने रोक लगाईएको छैन ।

हेर्नुस् आयोगको पत्रः