१९ कार्तिक २०८३, बिहिबार

एमालेको अभियान विथोल्ने मधेसी मोर्चाको निर्णय, यस्तो छ आन्तरिक तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

सिरहा, २२ फाल्गुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सिरहाले नेकपा एमालेले सुरु गरेको ‘मेची–महाकाली’ राष्ट्रिय अभियान बिथोल्ने निर्णय गरेको छ ।

एमालेको उक्त अभियान यही फागुन २४ गते सिरहा आउने कार्यक्रम तय भएको छ । उक्त दिन सिरहा जिल्ला आमड्ताल गर्ने निर्णय मोर्चाले गरेको तराई मधेस सद्भावना पार्टीका यूवा संगठनका जिल्ला अध्यक्ष मनोज यादबले बताए । उनले एमाले मधेस विरोधी भएकोले मधेसमा कार्यक्रम गर्न नदिने बताए ।

सिरहा मोर्चाले फागुन २३ गते लहानमा विशाल मोटरसाइकल जुलुस निकाल्ने छ । सोही दिन साँझमा मोर्चाले लाठीसहित शक्ति प्रदर्शन गर्न मशाल जुलुस निकाल्ने निर्णय भएको पनि अध्यक्ष यादबले जानकारी दिए । उनले भने, ‘एमालेलाई सिरहामा कार्यक्रम नगर्न आग्रह गरेका छौं । तर जर्वजस्ती कार्यक्रम गरे मधेसी जनताले विथोल्छ ।’

एमालेले सिरहाको लहान, गोलबजार र चोहर्वामा सभा गर्नेछ । तर यो कार्यक्रम एमालेले भने सार्वजनिक गरेका छैन् । एमाले सिरहाका नेताहरु मधेसी मोर्चाका कार्यकर्ताबाट बच्दै गोप्य रुपमा कार्यक्रम सफल पार्ने प्रचार–प्रसारमा जुटेका छन् ।