१९ कार्तिक २०८३, बिहिबार

दम्पत्तीमाथि घरमै घुसेर धारिलो हतियार प्रहार, श्रीमतीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २२ फागुन । कनकपुर–२ बस्ने ३० बर्षीय शेख खजुरको २५ बर्षीया श्रीमती सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको छ ।

सोही स्थान बस्ने नसरुदिनको घरमा चोर आएको भन्ने हल्ला–खल्ला भएकोले शेख खजुर बाहिर निस्की हेर्दा कोही देखा नपरे पश्चात फर्की आई घर भित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकीछिपी बसेको अपरिचित १ जना व्यक्तिले निजको टाउकोमा धारिलो हतियार प्रहार गरी मध्यम घाईते बनाएको र निजको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएकोमा घाईतेहरुलाई उपचारको लागि चुरेहिल अस्पताल मकवानपुर लगेकोमा उपचारको क्रममा सहनाज खातुनको मृत्यु भएको हो ।

फरार अभियुक्तको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।