वाशिंगटन डीसी । अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका नेपालीहरूले बर्दिवासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्तीका लागि धुर्मुस–सुन्तली अभियान सहयोग कार्यक्रम कार्यक्रम गर्ने भएका छन् ।
मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई सफल र भव्य बनाउन यूवा समूह बोस्टनबासी नेपाली समुदायसंग सम्पर्क र आफ्नो अभियानको प्रचार प्रसारमा जुटेका छन् ।
केही दिन अगाडि एकीकृत नमूना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका थिए ।
कर्म वीर धुर्मुस–सुन्तली अभियानलाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकमको सतप्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने कार्यक्रमको आयोजना गर्ने समूहमध्येका सदस्य शिव प्रकाशले बताए ।
















प्रतिक्रिया