१९ कार्तिक २०८३, बिहिबार

नेपाल बालकल्याणको अध्यक्षमा पुनः हरिओम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २१ फागुन । नेपाल बाल कल्याण संस्था (एनसीडब्लुएफ) सिद्धार्थनगरको अध्यक्षमा हरिओम विश्वकर्मा पुनः दोहोरिएका छन् ।

शनिबार सम्पन्न वार्षिक साधरणसभा तथा अधिवेसनबाट विश्वकर्मा पुनः अध्यक्ष चयन भएका हुन् । जसको उपाध्यक्षमा नरसिंह चौधरी, महासचिवमा दिलीप कुमार मल्लीक, सचिवमा सिता भट्टराइ र कोषाध्यक्षमा दिपक श्रेष्ठ चयन भएका छन् । उक्त संस्थाको सन्चालक समिती सदस्यमा धर्म बहादुर खड्का, राजेन्द्रसिंह खड्का, संगिता जि.सी, अमृता गुरुंग, ज्ञानराज उपाध्यय र रोमनसिंह रिसाल चयन भएका छन् ।

आगमी २ वर्षे कार्यकालकोलागी चयन भएको सन्चालक समितीले संस्थाको उद्धेश्यप्राप्तीकोलागी अहं भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेसन तथा साधरणसभा हरिओम विश्वकर्माको सभापतित्व तथा रुपन्देहीका स्थानिय विकास अधिकारी युवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।