३१ आश्विन २०८३, शनिबार

डिसीमा ग्लोबल नेपाल फेस्ट २०१७ हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बिजय थापा

वाशिंगटन डिसी । सन् २०१२ देखि अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाली नयाँ वर्षको सेरोफेरोमा ग्लोबल नेपाल फेस्ट आयोजना गर्दै आएको संस्थाले यसवर्ष पनि ग्लोबल नेपाल फेस्ट २०१७ को आयोजना गर्ने भएको छ ।

डिसी महानगर क्षेत्रको भर्जिनियामा दर्ता भएको भिन्तुना ईनटरनेसनलको आयोजनामा आगामी अप्रिल १६ तारिख ग्लोबल नेपाल फेस्ट २०१७ नामक नेपाल झल्किने र झल्काउने प्रकारको कार्यक्रम वाशिंगटन डीसीमा गर्ने भएको हो ।

भिन्तुना ईनटरनेसनलको मूल उदेश्य नेपालका कुनै पनि चिजलाई प्रबर्धन गर्नु रहेको छ । संस्थाले सयुक्त राज्य अमेरिकामा मात्र प्रबर्धन गर्ने नभै बिश्वभरि पुगाउने लक्ष्य रहेको छ ।

नेपालका संगीत, कला, पर्यटक, संस्कृति, कलाकार, हस्तकला, चित्रकला, भेषभूषा, नेपाली ब्यबसाय, गैर मुनाफा संस्था तथा अन्य चिजलाई व्यापक रुपमा प्रबर्धन गर्ने र फैलाउने रहेको छ ।

आगामी वसन्त ऋतुमा अमेरिकाका विभिन्न राज्यहरुमा ग्लोबल नेपाल फेस्ट २०१७ को आयोजना गरिने जानकारी भिन्तुना ईनटरनेसनलका सुरेश सापकोटाले दिएका छन् ।