राजविराज, २० फागुन । मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा एमाले सांसद चढेको गाडीमा तोडफोड गरेका छन् ।
शुक्रबार विहान सप्तरीको राजविराज १ मा पार्टीका जिल्ला सदस्य प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका मोर्चाका कार्यकर्ताहरुले दिउँसो एमाले सांसद रञ्जु कुमारी झा चढेको सरकारी गाडीमा तोडफोड गरेका हुन् ।
शुक्रवार दिउँसो साँसद झा चढेकी गाडी तोडफोड गरेको रामसपाका केन्द्रीय सचिव गजेन्द्र कुमार मण्डलले दावी गरे ।
एमाले अध्यक्ष केपी ओली मधेश विरोधी भएको भन्दै कुनै पनि हालतमा राजविराजमा कार्यक्रम हुन नदिने मोर्चाका नेता तथा कार्यकर्ताहरु चेतावनी दिइसकेका छन् । तरपनि एमाले कार्यकर्ताले कार्यक्रम गर्ने अड्डीका साथ प्रचार प्रसारमा जुटेपछि मोर्चाका नेता तथा कार्यकर्ताहरु उग्र बन्दै गएका हुन् ।













प्रतिक्रिया