काठमाडौं, २० फागुन । काठमाडौंको महाराजगञ्ज मेडिकल क्याम्पसमा सम्पन्न भएको स्ववियु निर्वाचनमा संयुक्त विधार्थी समूहले विजयी हासिल गरेको छ ।
युथ फोर इकुआलिटी, अनेरास्ववियु, क्रान्तिकारीको संयुक्त प्यानलले विजयी हासिल गरेको हो ।
५११ मतसहित सभापतिमा संयुक्त प्यानेलबाट उम्मेदवारी दिएका अनेरास्ववियुका मिलन गैरे विजयी भएका छन् । सचिवमा श्वेता महतो विजयी भएकी छिन् । वसन्त शर्मा पौडेल, अस्मिता भुसाल र उत्सव चौलागाईं पनि सोही प्यानेलबाट सदस्यका लागि निर्वाचित भएको युथ फोर इकुआलिटिका अध्यक्ष डा सोहन कुमार साहले जानकारी दिए ।
आइओएम मधेशी विधार्थी समाजका अध्यक्ष समेत रहेका डा विनय पन्जियारले सम्पूर्ण निर्वाचित प्यानेललाई बधाई दिँदै विजयी भएको समूहले समावेशिता र आरक्षणको पक्षमा वकालत गर्ने अपेक्षा लिएको बताएका छन् । उनले नेविसंघको एकाधिकार तोडेर यसपटक संयुक्त विद्यार्थी समूहले विजयी हासिल गरेको भन्दै खुसी व्यक्त गरे ।
डा.पञ्जियारले संयुक्त विद्यार्थी समूह बनाउन भूमिका खेलेका थिए । उनीसहितको समूहको प्रयास सफल भएको छ ।












प्रतिक्रिया