
भैरहवा, २० फागुन । भैरहवाको कृषि क्याम्पस पक्लिहवामा विद्यार्थी संगठनहरूले क्याम्पस प्रशासनले दबाबमा स्ववियु निर्वाचन गराउन खोजेको भन्दै विरोधमा उत्रिएपछि क्याम्पसमा तनाव उत्पन्न भएको छ ।
स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनको विषयलाई लिएर क्याम्पसमा तनाव भएको हो । फागुन १८ गते हुने स्ववियु निर्वाचन स्थगित भएपछि क्याम्पस प्रशासन र निर्वाचन कार्यलयले आजका लागि विद्यार्थी संगठनहरूसंग छलफल नै नगरी स्ववियु निर्वाचन गर्न थालेपछि संगठनहरूले विरोध गरेका हुन् ।
विद्यार्थीको विरोधलाई साम्यपार्न प्रशासनले प्रहरी क्याम्पस परिसरमा उतारेको छ । प्रहरी दबाब र हस्तेक्ष बढाएर गरिने निर्वाचन आफूहरूलाई स्वीकार्य नहुने भन्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी बैद्य समूह, राप्रविस, मधेसी संयुक्त मोर्चाले विरोध जनाएका हुन् ।
अनेरास्ववियु पक्लिहवा क्याम्पस कमिटी सचिव सन्तोष भारतीले भने, ‘क्याम्पस परिसरभित्र प्रहरी राखेर गरिने निर्वाचन स्वीकार्य हुँदैन ।’












प्रतिक्रिया