३१ आश्विन २०८३, शनिबार

शेक्सपियरको जन्मथलोमा नेपाली साहित्यिक कार्यक्रम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायतमा रहेका नेपाली साहित्यकार एवं साहित्यानुरागीहरूको अनौपचारिक समूह ‘साहित्य चौतारी – यूके’ले आफ्ना साहित्यिक क्रियाकलापमा तीव्रता दिएको छ । साहित्य चौतारीले विलियम शेक्सपियरको जन्मथलोमा साहित्यिक कार्यक्रम गरेर आफ्नो गरिमालाई उच्च बनाएको जनाएको छ ।

बिगत ६ महिनादेखि आपसी सिकाई र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ क्रियाशील यो समूहले नेपाली साहित्यको संरक्षण गर्ने मुख्य उद्देश्य बोकेको छ । यो संस्थाले सन् २०१६ को सेप्टेम्बर महिनादेखि आफ्नो यात्रा थालेको हो ।

समूहमा हाल ४० जना साहित्यकारहरू आबद्ध संस्थाका कवि एवम् साहित्यकार वासु शर्माले जानकारी दिएका छन् । उनका अनुसार चौतारीको अवधारणामा सञ्चालनमा आएको यो समूहमा स्वतन्त्र रुपमा रहेका र विभिन्न साहित्यिक संस्थाहरूमा रहेका साहित्यिक व्यक्तित्वहरू हरेक महिना एकदिन एकाध घण्टा जम्मा हुन्छन् । शर्माले भने, ‘आपसी सहयोगको उद्देश्यले क्रियाशील यो समूहले आफ्नो छैंठौं श्रृङ्खला पार गरेकोछ ।’

साहित्य चौतारी यूकेले छैटौं श्रृङ्खला २०१७ फेब्रुअरी २५ र २६ मा विश्व साहित्यका शिखर व्यक्तित्व विललियम शेक्सपियरको जन्मथलो स्ट्राटफोर्ड–अपन–एभोनको काव्यमय यात्रा गरी सम्पन्न गरेकोछ । सो काव्यमय यात्रामा १९ जनाको सहभागीता रहेको र धेरै जसो दक्षिण–पूर्वी लण्डनबाट आएका भएता पनि यसमा सरिक हुन नर्थ योर्कशायर, स्कटल्याण्ड र नर्बेदेखि पनि साहित्यकारहरु आएका थिए ।

काव्यमय यात्रामा लण्डनबाट साहित्यकार तथा साहित्यानुरागीहरू वासु शर्मा, दिनेश पौड्याल, विनोद न्यौपाने, अर्कराज तिम्सिना, विष्णु न्यौपाने, शंकर घिमिरे, कृष्ण थापा क्षेत्री, गोपाल शाही ‘पथिक’, ललित न्यौपाने, जित रानाभाट, अर्जुन पौडेल, चन्द्र कार्की, विमल अधिकारी, भुवानी न्यौपाने, कर्ण अधिकारी र मदन पौडेल, नर्थ योर्कशायरबाट पं. आत्माराम दहाल, स्कटल्याण्डबाट दुष्यन्त भट्टराई र नर्बेबाट लोक सुब्बा सहभागी रहेका थिए ।