१३ कार्तिक २०८३, शुक्रबार

सशस्त्रमा सरुवाका १९ एसएसपीहरूको सरुवा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । गृह मन्त्रालयले बुधबार सशस्त्र प्रहरी बलका १९ जना एसएसपीको सरुवा गरेको छ ।

एसएसपी इ।प्रजाभक्त श्रेष्ठको राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, राजु सुवालको मध्यक्षेत्र बाहिनी पथलैया, सञ्जयविक्रम राणाको कार्यविभाग, चीरञ्जीवी अधिकारीको प्रशासन विभाग, प्रविणकुमार श्रेष्ठको सुरक्षा परिषदको कार्यालय र भरतकुमार श्रेष्ठको नौबस्ता तालिम केन्द्र सरुवा भएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

यसैगरी, कवीन्द्रमान श्रेष्ठको पश्चिम क्षेत्र बाहिनी पोखरा, रामप्रकाश श्रेष्ठको महानगरीय सशस्त्र प्रहरी कार्यालय, राजु अर्यालयको महानिरीक्षकको सचिवालय, नारायणदत्त पौडेलको मानवस्रोत विकास विभाग सरुवा भएको छ ।

यसैगरी गोविन्द क्षेत्रीलाई युक्ति तालिम महाविद्यालय बर्दघाट, चन्द्रप्रकाश गौतमलाई राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, हरिशंकर बुढाथोकीलाई विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटार, राजेन्द्र बस्नेतलाई सुरक्षा परिषदको सचिवालय, हरिशचन्द्र अधिकारीलाई महानगरीय इन्ट, किशोर प्रधानलाई कार्यविभाग, वेचन यादवलाई पूर्वक्षेत्र बाहिनी, बंशीराज दाहाललाई तालिम महाविद्यालय लामापाटन पोखरा सरुवा गरिएको छ ।

एसएसपी कृष्णभक्त ब्रम्हाचार्यलाई व्यावसायिकता तथा गुणस्तर निर्देशनालय सरुवा गरी त्यहाँबाट यूएन शान्ति स्थापनार्थ तालिम केन्द्र ककनीमा काज पठाइएको छ ।