१९ कार्तिक २०८३, बिहिबार

डलर साटिदिन्छु भन्दै सामाखुसीमा १५ लाख ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–११ गोठाटार हाइटबाट २ जना मंगोलियन अनुहारका अंदाजी २५–२६ वर्षको जस्ता देखिने अपरिचित पुरूष व्यक्तिहरूले डलर साट्ने बहानामा जोकबहादुर घलेको साथमा रहेको उक्त नगद ठगी गरि फरार भएका थिए ।

फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।