
काठमाडौं, १८ फागुन । विभिन्न जिल्लाको भ्रमणपछि राजधानी फर्किनासाथ राजपरिवारमा अहिले तत्कालीन नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ब्रतबन्धको तयारीको व्यस्तता थपिएको बुझिएको छ ।
उनको ब्रतबन्ध आगामी चैत १७ गते हुँदै छ । धार्मिक विधि र परम्पराअनुरुप हुने ब्रतबन्धका लागि पाहुनाहरू को–को बालाउने, विदेशी पाहुना बोलाउने कि नबोलाउने भन्नेबारेमा छलफल भइरहेको बुझिएको छ । घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
प्राप्त जानकारीअनुसार ब्रतबन्धमा स्वदेशमा रहेका आफन्त र नतोदारबाहेक भारतमा रहेका नातेदारहरूलाई निम्ता गर्ने निश्चित भइसकेको छ ।
भारतका विभिन्न प्रान्तमा शाही नातेदारहरू रहेका छन् । राजा त्रिभुवनकी बहिनीदेखि तत्कालीन युवराज्ञी हिमानीसम्मको खानदान छिमेकी मुलुकमा छन् ।
तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रका एक मात्र नाति हृदयेन्द्रको उमेर १४ वर्ष पुगेको छ । राजज्योतिषले जुराएको साइतका आधारमा ब्रतबन्ध गर्न लागिएको हो ।












प्रतिक्रिया