कालिकोट, १८ फागुन । प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष पवित्रकुमार शाहीलाई सामाजिक संजालमार्फत धम्की आएको छ ।
प्रेस चौतारी नोपल कालिकोटले प्रेस विज्ञप्तिमार्फत अराजक व्यक्तिहरुले सामाजिक संजाल ( फेसवुक ) मार्फत ज्यान मार्ने धम्कीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
फेसवुकमा मार्फत मनसिंह शाही, वीरेन्द्र आचार्य, प्रभानन्द आचार्य र नरेन्द्र कालिकोट नाम गरेका व्यक्तिले सामाजिक संजालमार्फत पत्रकार शाहीलाई दैलेखका डेकेन्द्र थापाको जस्तै हालत बनाउने धक्की दिएका हुन् ।
२०७३ साल फागुन १६ गते कालिकोटको सदरमुकाम मान्ममा विद्यार्थी संगठनको दोहोरो झडपको समाचारलाई लिएर धम्की दिइएको प्रेस चौतारी नेपाल कालिकोटका सचिव खडानन्द अधिकारीले बताए ।












प्रतिक्रिया