१९ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघ उदयपुरको अध्यक्षमा खड्का निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, १८ फागुन । नेपाल पत्रकार महासंघको उदयपुर शाखाको अध्यक्षमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भरत खड्का विजयी भएकाछन् ।

मंगलबार बिहान आएको निर्वाचनको मतपरिणाम अनुसार संयुक्त प्यानलका खड्काले विपक्षी उम्मेदवार भक्तिविलास पोखरेललाई १३ मतले पछि पारेका हुन् ।

१५ सदस्य रहेको महासंघमा ६ जना प्रेस चौतारी नेपाल, ६ जना प्रेस सेन्टरका ६ जना र प्रेस युनियनबाट ३ जना निर्वाचित भए ।

मत परिणाम अनुसार खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलका भोटराज राई निर्वाचित भए । निर्वाचनमा महिला उपाध्यक्ष प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष वविता परियार, सोही संगठनका महिला सदस्य सुमित्रा कोइराला र मधेसी कोटामा प्रेस युनियनका अजय साह निर्विरोध निर्वाचित भए ।

सचिवमा प्रेस युनियनका पर्शुराम थापा, खुल्ला सहसचिवमा विदुर कटुवाल, समावेशी सहसचिबमा गजेन्द्र राई र कोषाध्यक्षमा विश्वराज तामागं विजयी भए । सदस्यहरुमा चौतारीका जीवनाथ दाहाल, हरि ढकाल, सुपराज राई, इश्वर मगर र यमकुमार राई विजयी भए ।

केन्द्रीय पार्षदमा कौशल चेम्जोङग, कुशलबाबु बस्नेत, हरिकुमार राई, यदु ढकाल, सुजता ढुंगाना, अप्सरा समाल, श्याम राई, नवीन राई विजयी भए । प्रदेश पार्षदतर्फ बाबुराम भण्डारी, लीलाप्रसाद निरौला, केदारकुमार थापा, रविन्द्र चौधरी, इश्वर तामाङ, टेकराज रिखाम, राजेन्द्र राई, विकास बस्नेत, विज्ञान पराजुली, रुपा चामलिङ र विष्णुदेव चौधरी विजयी भए ।