१९ कार्तिक २०८३, बिहिबार

जबरजस्ती मुद्दाका फरार प्रतिबादी ६ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । जबरजस्ती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका एक फरार प्रतिबादीबादीलाई केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको छ ।

धादिङ पिडा वडा नम्बर–२ का साइला राई भन्ने ३३ वर्षीय राजकुमार राईलाई प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो ।

उनलाई जवरजस्ती करणी मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०६६/१२/१५ गतेको फैसलाले ६ बर्ष कैद सजाय सुनाएको थियो ।

उनी र रामचन्द्र राई भन्ने व्यक्तिले २०५९ भदौंमा एक नौं वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका थिए । फैसला कार्यान्वयनको उनलाई लागि धादिङ जिल्ला अदालतको आदेशमा कारागार पठाइएको छ ।