१९ कार्तिक २०८३, बिहिबार

प्युठानमा अखिलका नेतामाथि हातपात

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १७ फागुन । प्युठानमा अखिल नेतामाथि हातपात भएको छ ।

मंगलबार बिहान सदरमुकाम स्थित प्युठान क्यामपसमा नेविसंघका कार्यकर्ताद्वारा एमाले निकट अनेरास्वबियुका केन्द्रीय सदस्य एव राप्ती अञ्चल इन्चार्ज बिनोद भण्डारि र बिप्लब समूह निकट अनेरास्वबियु क्रान्तिकारीका जिल्ला अध्यक्ष यांक पुनमाथि हातपात भएको हो ।

स्वबियु निर्बाचन नजिकिदै गर्दा क्याम्पसमा निर्बाचन प्रणाली र निर्बाचनलाइ शान्तिपुर्ण ढङ्गाले सम्पन्न गर्ने बिषयमा क्याम्पस प्रमुखको कार्यकक्षमा जान लागेका बेला नेबि संघका कार्यकर्ताले थुनछेक र हातपात गरेका हुन ।

अनेरास्वबियुका केन्द्रीय सदस्य भण्डारिले आफुहरु क्याम्पस प्रसासन भित्र जाँदै गर्दा नेबिसंघका कार्यकर्ताले आक्रमण गरेको बताए। ‘नेबि संघका कार्यकर्ताले दादागिरी गरे,’ उनले टेलिफोनमा भने– ‘तिमीहरु भित्र छिर्न पाउदैनौ भनेर हामिलाइ रोक्न खोजियो ।’

आफूहरुमाथि हातपात हुँदा पनि प्रहरी रमिते बनेर बसेको अखिल क्रान्तिकारी (विप्लव)का जिल्ला अध्यक्ष याँक पुनले बताए ।

यसैबीच अखिलका नेताहरु माथी भएको आक्रमणको घटनाको भर्तसना गरिएको छ । अनेरास्वबियु र अनेरास्वबियु क्रान्तिकारी (बिप्लब)ले संयुक्त रुपमा बिज्ञपति जारी गरि दादागिरी शैलीमा उत्रिएर स्वबियु कब्जा गर्ने सपना नदेख्न चेतावनी समेत दिएका छन् ।

विज्ञप्तीमा कमजोर ठानेर आक्रमणलार्इ निरन्तरता दिने प्रयास भए यस्ता अराजक गतिविधि विरुद्ध आफुहरुकडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छ भनिएको छ ।

नेतामाथि कुनैपनि वहानामा हुने हस्तक्षेप रोक्न सरकारसंग माग गर्दै घटनाका दोशीलाइ तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन समेत उनिहरुले सरकारसंग अपिल गरेको छन् ।

आज दिनभरमा दोषीलाई पक्राउ नगरिए जुनसुकै आन्दोलन गर्न तयार रहेको पनि बिज्ञपतिमा उल्लेख गरिएको छ ।