३१ आश्विन २०८३, शनिबार

युएईमा यसरी मनाइयो ३५औं मगर दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । नेपाल मगर संघ शाखा युएईद्वारा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १४०औ स्‍मृति तथा ३५औ मगर दिवस कार्यक्रम गत शुक्रबार युएईको चर्चित शहर दुबइस्थित ईम्पेरियल सुइट होटेलमा बिभिन्न संस्कृतिक झाँकी सहित सम्पन्न गरेको छ ।

संघका अध्यक्ष राजु सिंजाली मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदूतावास युएईका कार्यबाहक राजदूत नेत्र टन्डनरहेका थिए । विशिष्ट अथिति नेपाल मगर संघ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गुरु प्रसाद घर्ती मगर, बिशेष अतिथिहरूमा मोडल आरुषी अस्लामी मगर, गिरिमान थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन ३५ वटा दीप प्राज्वलनसहित राष्ट्रप्रति समर्पित राष्ट्रिय गान र प्रथम सहिद क्या लखन थापा मगरको तस्वीरमा मल्यार्पण गरी विभिन्न कालखण्डमा देशको लागि बलिदान दिने ज्ञात–अज्ञात सहिदहरुप्रति स्मरण गर्दै १ मिनेट मौन धारण गरिएको थियो ।