३१ आश्विन २०८३, शनिबार

माओवादी नेता श्रेष्ठ युरोप आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन (पोर्चुगल) । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ युरोप आउने भएको छन् । पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चको अधिबेशनमा सहभागी हुन श्रेष्ठ युरोप आउन लागेका हुन् । उनी दुई साता युरोप भ्रमणमा रहने छन् ।

नेता श्रेष्ठ पोर्चुगल, बेल्जियम, फ्रान्स, स्पेन, स्वीजरलेण्ड र बेलायत लगायतका मुलुकमा हुने मञ्चको अधिबेशन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

यही ११ मार्च शनिबारका दिन पोर्चुगलमा हुने मञ्चको पाँचौ अधिबेशनलाई सम्बोधन गर्न नेता श्रेष्ठ लिस्बन आउने कार्यक्रम तय भएको नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका महासचिव डोलराज भण्डारीले जानकारी दिए ।