१३ कार्तिक २०८३, शुक्रबार

पूर्वसभासदलाई उन्मुक्ति दिने सरकारी वकिललाई कारबाहीको सिफारिस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ फागुन । लागूपदार्थ कारोबार मुद्दामा पूर्वसभासद् मधुसुदन अग्रवालसहित पाँच जनालाई उन्मुक्ति दिएको विषयमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरेमाथि कारबाहीका लागि कानून मन्त्रालयमा पत्र पठाइएको छ ।

महान्यायधिवक्ता रमनकुमार श्रेष्ठले विभागीय कारबाहीका लागि मन्त्रिपरिषद्मा पठाउन कानुन मन्त्रालयमा लोखी पठाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘घिमिरेमाथि निजामति सेवा ऐनअनुरुप कारबाही गर्न महान्यायधिवक्ता कार्यालयबाट पत्र आएको छ ।’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयबाट मंगलबारम मात्र मन्त्रिपरिषद्मा फाइल पुग्छ । सम्भवत मंगलबार क्याबिनेटमा टेबुल हुन्छ ।’