१९ कार्तिक २०८३, बिहिबार

स्ववियु निर्वाचनको विषयलाई लिएर क्याम्पसका प्रमुख कार्यकक्षमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोहलपुर (बाँके), १६ फागुन । कोहलपुरस्थित वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका प्रमुख शिशिरकुमार शर्माको कार्यकक्षमा आज आगजनी भएको छ ।

स्ववियु निर्वाचनको विषयलाई लिएर प्रमुख शर्माको कार्यकक्षमा विद्यार्थीले आगजनी गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख सरोज पौडेलले बताउनुभयो । आगजनीबाट कार्यकक्षमा रहेका महत्वपूर्ण कागजात, कुर्सी, टेबल गरी रु एक लाखको क्षति भएको प्रमुख शर्माले जानकारी दिनुभयो । रासस