
बागलुङ, १६ फागुन । नेपाली सेनाको सूर्यदल गणले आगलागी पीडितलाई राहत वितरण गरेको छ ।
फागुन ११ गते ३ बजेको समयमा अचानक करेन्ट सट भई थलाहा ड मन्त्रिटोलमा रहेको ठेमन राजवंशीको घरमा आगालागी भई पूर्ण नष्ट भएको थियो ।
उक्त घटनापछि सेना दिवसको अवसर पारि फागुन १५ गते सूर्यदल गणबाट संचालित अग्नि पीडित राहत वितरण कार्यक्रममा राहत स्वरुप खाद्यान्न, लत्ताकपडा, र निर्माण सामाग्री तथा औषधी वितरण गरिएको हो ।
साथै सुर्यदल गणका गणपति प्रमूख सेनानी ईन्दिवर बिष्टको नेतृत्वमा ५० जनाको संख्यामा सकल दर्जाहरु संलग्न भई आगलागी भएको स्थान वरपरको ईलाकाको सरसफाई गरेका थिए ।















प्रतिक्रिया