१९ कार्तिक २०८३, बिहिबार

पद्या ग्रुपद्धारा नेपालगञ्जबाट क्षेत्रीय प्रशारण शुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । पद्या ग्रुप मिडिया नेटवर्क प्रालीले बाँकेको नेपालगन्जवाट क्षेत्रिय प्रशारण शुभारम्भ गरेको छ ।

पद्या ग्रुप मिडिया नेटवर्कले माउन्टेन टेलिभिजन, भक्तिदर्शन टेलिभिजन र विजनेश प्लस टेलिभिजनको सयुुक्त प्रशारण सुरु गरेको हो ।

साथै नेटवर्कले नेपालगन्जको खास कारकादो २४ मा मध्यपश्चिम क्षेत्रिय कार्यालयमा पनि प्रभारभ्म गरेको छ ।

मध्य पश्चिमको राजनीतिका साथै आर्थिक विकासलाई जोड दिने ध्येयले राजधानी बाहिर मोफसलवाट नेपाली प्रशारण इतिहासमै पहिलो पटक पद्या ग्रुप मिडिया नेटवर्कले क्षेत्रिय प्रशारण सुरु गरेको हो ।

प्राकृतिक देनका रुपमा निकै सम्पन्न तर आर्थिक र राजनीतिक पहुँचमा भने निकै पछि परेको कर्णालीको पक्षमा पनि केन्द्रिय प्रशारण छन भन्ने विश्वास दिलाउन कर्णालीसँग प्रत्यक्ष सरोकार राख्ने नेपालगन्जवाट क्षेत्रिय प्रशारण सुरु गरिएको क्षेत्रिय प्रशारण प्रमुख क्षेत्रनाथ देवकोटाले वताए ।

आर्थिक दृष्टिकोणले सम्पन्न हुँदाहुदै पनि सरोकार निकायको वेवास्थाका कारण पछाडी परेको मध्य पश्चिमलाई केन्द्रमा राखेर पद्या ग्रुप मिडिया नेटवर्कले क्षेत्रिय प्रशारणा सुरु गरेकोमा निकै खुशी लागेको नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालाले वताईन् ।

त्यसै तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री पशुपति दयाल मिश्र, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य मोहम्मद इस्तियाक राई, नेकपा एमालेका बाँके जिल्लाका उपाध्यक्ष निरक गुरुगंले पनि नेपालगन्जवाट क्षेत्रिय प्रशारण सुरु गरेकोमा खुशी व्यक्त गरे ।

पद्या ग्रुप मिडिया नेटवर्कले अब मध्य पश्चिम प्रशारण केन्द्र नेपालगन्जवाट आर्थिक, राजनीतिक, विकास निमार्ण र जनसरोकारका विषयमा निरन्तर समाचार सम्प्रेण गर्ने छ ।