३१ आश्विन २०८३, शनिबार

विदेशमा पनि एमाले प्रवेशको लहर, ओमानमा थुप्रैलाई भीम रावलले पार्टीमा भित्र्याए

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्कट, १६ फागुन । पछिल्लो समय प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर चलेको छ ।

राजधानीदेखि तराई मधेससम्म पुगिसकेको यो लहर अब विदेशमा पनि पुगेको छ । रोजगारीका सिलसिलामा प्रवासमा गएका नेपालीहरु राष्ट्रियताको मुद्दाले एमालेप्रति आकर्षित हुन थालेका हुन् । यसको सुरुवात ओमानबाट भएको छ ।

प्रवासी नेपाली मञ्च ओमानको कार्यक्रमलाई सम्बोधन गर्न ओमानको मस्कट पुगेका एमाले उपाध्यक्ष भीम रावलले ओमानस्थित प्रवासी नेपालीलाई पार्टीमा स्वागत गरे ।

‘राष्ट्रिय एकता समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान’ भन्ने नाराका साथ शुक्रबार प्रवासी नेपाली मञ्च ओमानद्धारा आयोजित प्रवासी नेपालीकोबीचमा अन्तरक्रिया कार्यक्रममा रावलले टिका र खादा लगाएर तीन दर्जनलाई पार्टीमा भित्र्याए ।

देशको हितका लागि एमाले नै उपयुक्त पार्टी भएको भन्दै उनीहरु पार्टी प्रवेश गरेको प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्कीले जानकारी दिए ।

उनका अनुसार पार्टी प्रवेश गर्नेमा विपिन गौतम–मोरङ, दीपक जिसी–कास्की, सन्तमान विक–तनहुँ, मनिष रेग्मी मगर–सोलुखुम्वु, कृष्ण प्रसाद भुषाल–रूपन्देही, भरत कुमार राई–काठमाण्डौ, चुरामणी गौतम–पाल्पा, वोधराज पौडेल–चितवन, जीतबहादुर चौधरी–रूपन्देही रहेका छन् ।

त्यसैगरी शिव प्रसाद गैरे–पाल्पा, राजु अधिकारी–पाल्पा, नेत्र गुरूङ्ग–अर्घाखाँची, कविराज भट्टराई–मोरङ, दुर्गा घर्ती मगर–अर्घाखाँची, माधवराज काफ्ले–काभ्रेपलाञ्चोक, योगेश अधिकारी–झापा, ईन्दिरा डाँगी–दाङ, निर्मला काफ्ले–काभ्रेपलाञ्चोक, दरशरथ काफ्ले–नवलपरासी, झलक प्रसाद ढकाल–गोर्खा, रविकुमार तमाङ्ग–नुवाकोट, यतिराम चौधरी–चितवन, यूगेश वानु राई–मोरङ, दुर्गा प्रसाद ढकाल–गुल्मी, र सम्झना केसी–रामेछाप रहेका छन् ।