३१ आश्विन २०८३, शनिबार

एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरूको बहस हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । भिजन फर नेपाल फाउन्डेसनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका प्रत्याशीहरूको लागि सार्वजनिक बहस कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

फाउन्डेसनले बिगतमा पनि एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरूलाई एकै थलोमा ल्याई डीसी महानगर क्षेत्रमा सार्वजनिक बहस कार्यक्रमको आयोजना गरेको थियो ।

फाउन्डेसनले नेपालीहरूलाई आफ्नो नेता छनौट लागि आवश्यक सूचना तथा जानकारी उपलब्ध गराउन सहयोग गर्नेछ ।

एनआरएन युएसए अध्यक्ष पदका सबै प्रत्यासीहरूले आफूहरू अप्रिल १६ ,२०१७ को दिन अमेरीकाको राजधानी वाशिंगटन डीसीमा हुने उक्त बहसमा सहभागी हुने प्रतिबद्धता ब्यक्त गरिसकेको फाउन्डेसनका अध्यक्ष कृष्ण शर्मा द्वारा जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ ।