१९ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री र चीनको ओविओआर प्रतिनिधिमण्डलबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनाअन्तर्गतको ओविओआर अन्तर्राष्ट्रिय प्लेटफर्मको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले ओविओआरको अन्तर्राष्ट्रिय प्लेटफर्मको पहलप्रति सराहना गर्नुभयो । सो अवसरमा प्रतिनिधिमण्डलले दक्षिण एसियाली मुलुकमध्ये नेपाललाई चीनले महत्व दिएको बताउँदै नेपालको पूर्वाधार निर्माण, ऊर्जा कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो । प्रतिनिधिमण्डलमा ४१ सदस्यीय छन् । रासस