१९ कार्तिक २०८३, बिहिबार

नेविसंघ र अनेरास्ववियुबीच आरोप प्रत्यारो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । प्रमुख दलका विद्यार्थी भातृ संगठनका नेताहरूले यही फागुन १८ गते तोकिएकै मितिमा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले नेविसंघका कारण स्ववियु निर्वाचन अनिश्चित बनेको आरोप लगाइन् ।

उनले भनिन्, ‘हामी तोकिएकै मितिमा निर्वाचन सम्पन्न भएको देख्न चाहन्छौँ, नेविसंघले उद्ण्डता देखाइरहेको छ, हामी यसको कानुनी कारवाहीको माग गछौँ, लोतन्त्रको खिलाफमा नेविसंघ उभिएको छ, हामीलाई यो स्वीकार्य छैन्, हामी जुनसुकै हालतमा स्ववियू निर्वाचन निर्धारित मितिमै हुनुपर्छ भन्ने चाहन्छौँ ।’

नेविसंघका महामन्त्री सरोज थापाले कहीँकतै अवरोध भएपनि सबै क्याम्पसमा निर्वाचनको वातावरण सिर्जना भएको दाबी गरे । थापाले भने, ‘पशुपति क्याम्पसमा हाम्रा केही साथीहरूको विमतीले गर्दा तालाबन्दी भएको छ, हामी तत्काल खुलाउने प्रयासमा छौँ, जीत हारले हामीलाई कुनैपनि फरक अर्थ राख्दैन ।’

थापाले स्ववियु निर्वाचन मुलुककै निर्वाचन र संविधान कार्यान्वयनसँग जोडिएकोले निर्वाचन निर्धारित मितिमै हुनुपर्ने र गराउनको लागि आफ्नो संगठन पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाए ।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले ताला फोडेर भएपनि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘आफै नियम बनाउने आफै त्यसको खिलाफ गर्ने, अनेरास्ववियू र नेविसंघका विद्यार्थी नेताहरूले दोहोरो चरित्र देखाई रहनुभएको छ, यो कतिसम्म ठिक हो? अरु हामी केही जान्दैनौ जसरी पनि चुनाव हुनुपर्छ ।’

अखिल क्रान्तिकारी ‘वैद्य’ समहका विद्यार्थी नेता सेमन्तराज भण्डारीले अमुक विद्यार्थी संगठनको कारणले गर्दा स्ववियु निर्वाचन धरापमा पर्ने सक्नेमा आशंका व्यक्त गरे ।

मधेसी विद्यार्थी फोरम लोकतान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष कपलेश्वर यादवले आफूलाई ठुला भन्ने विद्यार्थी संगठनका नेताहरूले आफ्नो अस्तित्व समाप्त पर्छ कि भनेर स्ववियु निर्वाचन नचाहेको आरोप लगाए ।

कार्यक्रममा अनेरास्ववियु पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारी विप्लव समूहका अध्यक्ष पूर्णबहादुर सिँह, तराई मधेश विद्यार्थी फन्ट्रका अध्यक्ष मनीष मिश्र, नयाँ शक्ति नेपाल निकट विद्यार्थी संगठनका नेता रमेश कुमार महतो लगायत विभिन्न विधार्थी संगठनका नेताहरूले स्ववियु निर्वाचन समयमा गर्नुपर्ने बताएका थिए ।