१९ कार्तिक २०८३, बिहिबार

स्ववियु निर्वाचनः मोरङका क्याम्पसमा अनेरास्ववियुको पक्षमा लहर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १५ फागुन । नजिकिंदै गएको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) निर्वाचनको पूर्वसन्ध्यामा देशभरका क्याम्पसहरुमा नेकपा एमालेको भातृ संगठन अनेरास्वबियुको पक्षमा एकाएक माहोल सिर्जना भएको छ ।

मुुलुकभरका सामुदायिक तथा सरकारी क्याम्पसहरुमा यही फागुन १८ गते निर्वाचन मिति तय भएको छ । २०६५ सालयता ८ वर्षपछि पहिलो पटक स्वबियु निर्वाचन हुन लागेको हो । बिगतदेखि नै क्याम्पसहरुमा बर्चश्व जमाउँदै आएको एमाले अखिलले त्यो गौरवपूर्ण इतिहासलाई कायम राख्ने संकेत देखिएको उर्लाबारी बहुमुखी क्याम्पसका पूर्व स्वबियु सभापति समेत रहेका गंगाप्रसाद बाँस्तोलाले बताए । सांगठानिक र शैद्धान्तिक रुपमा अन्य विद्यार्थी संगठनको तुलनामा मजबुत रहँदै आएको अनेरास्वबियुलाई यसपटकको निर्वाचनमा भने विकशित घटनाक्रमले थप मजबुत तुल्याएको छ । खासगरी एमाले अध्यक्ष केपीशर्मा ओली प्रधानमन्त्री हुँदाताका भारतले गरेको नाकाबन्दीको डटेर सामना गरेको हुँदा मुलुकभरका विद्यार्थीहरु नेकपा एमालेप्रति सकारात्मक बनेका थिए । उर्लाबारी बहुमुखी क्याम्पसको अनेरास्वबियु निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहेका बाँस्तोला भन्छन् ‘त्यही प्रतिफलका रुपमा अनेरास्वबियुलाई जित हात पार्न माहोल सहज बनेको हो ।’

यसैबीच उर्लाबारी बहुमुखी क्याम्पसको चुनावी जोडघटाउमा पनि अनेरास्वबियु अग्रणी देखिएको छ । समावेशी टिमसहितको एकल प्यानल र क्याम्पसको कक्षागत श्रेणीमा उत्कृष्ठता हासिल गरेका विद्यार्थीहरुको उम्मेद्वारी रहनुले अनरास्वबियु चुनावी मैदानमा बलशाली रहेको क्याम्पसका एक प्राध्यापकले बताए । उर्लाबारी बहुमुखी क्याम्पसमा कुल ५ सय ५५ विद्यार्थी मतदाता रहेका छन् । जसमा अधिंकाश विद्यार्थीको पारिवारिक पृष्ठभूमिका कारण पनि अनेरास्वबियुप्रति मतदाता आकर्षित बनेको सदस्य पदका उम्मेद्वार डिल्ली पोख्रेल ( दिलिप) को भनाई छ । पोख्रेलकै भनाईलाई आधार मान्ने हो भने पनि उर्लाबारीको अलवा मोरङका इटहरा, राजघाट, मधुमल्ला, टाँडी, रमितेखोला, जाँते, पथरीशनिश्चरे उसैपनि एमालेको पकेट क्षेत्र मानिन्छ । ती क्षेत्रका सबैजसो अभिभावकलाई परिचालित गरी अनेरास्वबियुलाई बढी भन्दा बढी मत दिलाउन स्थानीय पार्टी कमिटीलाई परिचालन गरिएको एमाले मोरङ ९ का पूर्व क्षेत्रीय सचिव पुष्प ढकाल बताउँछन् ।

उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि नै भएका स्वबियु निर्वाचनहरुमा अनेरास्वबियुको बर्चस्व रहँदै आएको छ । हालसम्म भएका निर्वाचनहरुमा क्रमशः अनेरास्वबियुका पूर्ण धमला, जयप्रसाद रिजाल, गंगाप्रसाद बाँस्तोला, अशोककुमार राई, महेन्द्र अधिकारी र राघबेन्द्र प्रतापसिंह कार्कीले प्यानलसहित उल्लेख्य मत ल्याएर जित हात पारेका थिए ।

बिगतमा अनेरास्वबियुको दबदबा र हाल अनेरास्वबियु केन्द्रमा कुनैपनि गुटउपगुट नरहनु नै उर्लाबारी क्याम्पसमा अनेरास्वबियुको सहज जित हुने पूर्व स्वबियु सभापति महेन्द्र अधिकारी दाबी गर्छन् ।

उता अनेरास्वबियुको प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेस निकट नेबिसंघ र माओवादी केन्द्र निकट अनेरास्वबियु क्रान्तिकारीको संयुक्त प्यानलले उम्मेद्वारी घोषणा गर्नुले पनि चुनावी दौडमा अनेरास्वबियु थप मजबुत बनेको बताईन्छ ।