१९ कार्तिक २०८३, बिहिबार

स्ववियु निर्वाचनको नयाँ कार्यतालिका आयोः मनोनयन दर्ता साँझ ७ बजेसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । त्रिभुवन विश्वविद्यालयले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गराउन संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि पदाधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिको बैठकपछि सार्वजनिक नयाँ तालिकाअनुसार निर्वाचनका लागि आज साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन गर्न पाइनेछ । र, भोलि साढे १० बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने छ ।

त्रिविका शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन केन्द्रीय कमिटी संयोजक सुधा त्रिपाठीका अनुसार फागुन १४ गते (हिजो) मनोनयनको समय दिइएकोमा केही क्याम्पसमा विवादको स्थिती सिर्जना भएकाले शनिबार स्थगित मनोनयन दर्ताको काम आइतबार साँझ ७ बजेसम्म तय गरिएको बताइन् । र, सोमबार अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तो नयाँ कार्यतालिकाः