१३ कार्तिक २०८३, शुक्रबार

‘कल डिटेल्समा अंकुशले अनुसन्धान प्रभावित’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । व्यक्तिको कल डिटेल्स र लोकेसन लिन अदालतबाट अनुमति लिनुपर्ने सर्वोच्च अदालतको आदेशले अपराध अनुसन्धान प्रभावित भएको प्रहरीले जनाएको छ ।

‘अदालतको आदेशले अपराध अनुसन्धानको पहिलो चरण नै प्रभावित भएको छ । अपराधी खोज्न गाह्रो भएको छ’, अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश अमात्यले भने, ‘घटना हुनेबित्तिकै अपराधी पक्रन कठिन भएको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एसएसपी अमात्यले दैनिक सयौं उजुरी आउने भएकाले कल डिटेल्स लिन हरेकका लागि अदालतको आदेश लिनुपर्ने व्यवस्थाले गाह्रो भएको बताए । अदालतको अप्ठेरो व्यवस्थाले टेकुस्थित महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरमा केही दिनयता उजुरीकर्ताको चापसमेत घटेको प्रहरीले जनाएको छ ।

‘अपराधीलाई पक्राउ गर्ने भनेकै कल डिटेल्स र लोकेसन पत्ता लगाएर हो । एउटै मुद्दाका लागि एकैदिन धेरैपटक अदालतको अनुमति माग्नुपर्ने अवस्था आएको छ’, एसएसपी अमात्यले भने । उनले अदालतले अनुमति दिइरहे पनि त्यसले अनुसन्धानमा १० प्रतिशतमात्र काम गरेको बताए । काठमाडौं प्रहरी परिसर मुद्दा शाखाका डीएसपी रवीन्द्र रेग्मी पनि कल डिटेल्स र लोकेसनमा सहज पहुँच नहुँदा अनुसन्धान प्रभावित भएको बताउँछन् ।

अदालतले जाहेरीवालाको पत्रपछि प्रहरीलाई कल डिटेल्स र लोकेसन हेर्न अनुमति दिने गरेको छ । यसअघि प्रहरीले चौबीसै घन्टा दूरसञ्चार प्राधिकरणसँग कल डिटेल्स र लोकेसनबारे जानकारी लिन सक्थ्यो । ‘अदालत १० बजेदेखि चार बजेसम्म खुल्छ । अनुमति त्यतिबेलै लिने हो । राति र बिदाका दिन हुने घटना सबैभन्दा बढी प्रभावित हुन्छन्’, एसएसपी कायस्थ भन्छन् ।