काठमाडौं, १४ फागुन । नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाँउलेका पिता देवीप्रसाद कोइरालाको सुमेरु अस्पतालमा उपचारको क्रममा शनिवार निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ ।
धादिङबाट काठमाडौं फर्किने क्रममा शुक्रबार बेलुका काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो । टिप्परको ठक्करपछि सुभद्राको काखमा रहेका १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए ।
शुलभको उपचारको क्रममा अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा शनिवार बिहान निधन भएको हो । सुभद्राको उपचार जारी छ । ठक्कर दिने ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया