झलारी (कञ्चनपुर), १४ फागुन । झलारी पिलाडी उद्योग वाणिज्य संघको आयोजनामा कञ्चनपुरको झलारी बजारमा जारी शुक्लाफाँटा कृषि तथा पर्यटन महोत्सवमा पिङ्ग खेल्ने क्रममा खसेर पाँच जना घाइते भएका छन ।
महोत्सव परिसरमा रमाइलो गर्न सञ्चालन गरिएका पिङ्गको सिट बिर्गिदा शुक्रबार तीन युवतीसहित पाँच जना घाइते भएका छन । घाइते हुनेमा झलारी पिपलाडी नगरपालिका–३ पिपलाडीका २३ बर्षिय प्रविन चौधरी, झनीकीपा ,८ फूलेल नगरपालिकाका २० बर्षिया रुपा चौधरी र २३ बर्षिया हरिदेवी चौधरी, झनपा, ५ कसरौलकी १६ बर्षिया संगिता भट्ट र झनपा,१० झलारीका १५ बर्षिय मनिश लामिछाने रहेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
झलारीस्थित न्यू झलारी क्लिनिकमा प्राथमिक उपचारपछी थप उपचारका लागी घाइतेहरुलाई कैलाली सेती अञ्चल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर जोराले बताउनुभयो ।
महोत्सव फागुन ११ गते देखी जारी रहेको छ ।












प्रतिक्रिया