काठमाडौं, १२ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र भारतको नयाँ दिल्लीस्थित मेक्सिकन राजदूतावासमा कार्यरत नेपालको लागि गैह्र आवासीय सैनिक सहचारी व्रींग गेन एन्टिनियो राम्ररिज इसोबेडनेले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
उक्त भेटका क्रममा प्रधानसेनापति क्षत्री र मेक्सिकोका सैनिक सहकारीबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया