१९ कार्तिक २०८३, बिहिबार

फोनबाट एक करोड फिरौती रकम माग गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ फागुन । फोन तथा एसएमएस गरी एक करोड रुपैयाँ फिरौती रकम माग गर्ने काठमाडौं महानगरपालिका नयाँबजार बस्ने धादिङ, जिवनपुर–५ का ३२ बर्षीय विदुर पौडेललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मुकुल फाईनान्स लिमिटेडका सञ्चालकसँग ठूलो रकम असुल गर्ने उद्देश्यले विभिन्न व्यक्तिको नामबाट सिमकार्ड निकाली मुकुल फाईनान्सका सञ्चालकलाई फोन तथा एसएमएस गरी धाकधम्की दिइ एक करोड रकम माग गरेको र रकम नदिए अपहरण गरी ज्यान मार्ने समेतको धम्की दिएका पौडेललाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।