धनुषा, १२ फागुन । धारिलो हतियार चक्कु प्रहार गर्ने जनकपुर उपमहानगरपालिका–१४ रजौल बस्ने फिरोज ठाकुरलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–१४ धन्काटोल स्थित सोही स्थान बस्ने १९ बर्षीय गौतम कुमार झालाई निज ठाकुर लगायत २÷३ जनाले लेनदेनको बिषयलाई लिएर घाँटीमा चक्कु प्रहार गर्दा गम्भिर घाइते भएकोले उपचारको लागि जनकपुर अन्चल अस्पताल हुँदै थप उपचारको लागी के.एम.सि. अस्पताल सिनामंगलमा ल्याई उपचार भईरहेको छ ।
फरार अन्य अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया