पोखरा, ११ फागुन । ब्लड क्यान्सरका कारण सिभिल हस्पिटल काठमाडौमा उपचाररत युवा नागरिक समाज कास्कीकी सह संयोजक सुनिता तिमिल्सिनालाई पोखरा मल्टिमोड क्याम्पस सृजनाचोक पोखराका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
बिद्यार्थीहरुले आफू जस्तै बिद्यार्थीलाई परेको पिडामा अलिकति भने पनि मलम लगाउने हेतुले खाजा खाने पैसा कटाएर उठाइएको दश हजार एकसठ्ठी रुपैयाँ सोमबार तिमिल्सिनाको आमालाई बुझाइएको कुरा मल्टिमोडलमा बिज्ञान संकायमा १२ कक्षामा अध्ययनरत युवा बैज्ञानिक बिकल्प ढुंगानाले जानकारी दिए ।
अमरसिंह उच्च माबिमा कक्षा १२ मा अध्ययनरत पोखरा उप महानगरपालिका वडा नं.२६ की तिमिल्सिना विगत केही महिनादेखि ब्लड क्यान्सरका कारण जीवन मरणको दोषाँधमा लडिरहेकी छिन । ‘हामिले एकदिन खाजा नखाएर कसैको जीवन बाच्दछ किन सहयोग नगर्ने’ भन्दै बिज्ञानको क्षेत्रमा नयाँनयाँ आबिस्कार गरेका ढुंगानाले फेरि थपे, ‘धर्तिको सर्बश्रेष्ठ प्राणी मानव भएर यस समाजमा जन्म लिएपछि जबसम्म समाज रहन्छ तबसम्म हामिले समाजसेवा गरिरहनुपर्छ ।’













प्रतिक्रिया