– मिना बुढाथोकी
सल्यान, ११ फागुन । सल्यानको उत्तरी पश्चिमी क्षेत्रमा सञ्चालन भएका बिभिन्न विद्यालयहरु आर्थिक संकटमा पर्न थालेका छन् । जिल्ला शिक्षा कार्यालय सल्यानबाट प्राप्त पिसिएफ अनुदानमा कटौती हुन थालेपछि विद्यालय सञ्चालनमा समस्या भएको छ । र आर्थिक संकटमा पर्न थालेको हो ।
जिल्ला शिक्षा कार्यालय सल्यानबाट निमावि अनुमति प्राप्त गरेर करिव २०६६ साल देखि निजि स्रोतबाट तलब भत्ता व्यर्होदै आएका सो क्षेत्रका निमावि र केहि मावि विद्यालयहरुलाई चरम आर्थिक संकट उत्पन्न भएको हो । हाल ती बिद्यालयहरुले सामुदायिक वन, विद्यार्थीबाट उठाउने गरेको न्युन शुल्क र गाविसको अनुदानबाट विद्यालयको खर्च टार्दै आएका छन् ।
तर सवै क्षेत्रबाट बर्षैपिच्छे आर्थिक स्रोतमा कमी हुन थाले पछि शिक्षक कर्मचारीको तलव भत्ता व्यर्होन हरेक वर्ष समस्या देखिने गरेको छ । पछिल्लो समय बिभिन्न विद्यार्थी संघ सघठनहरुले बिद्यार्थीहरु बाट विद्यालयमा कुनै पनि शुल्क उठाउन नदिए पछि त्यस्ता विद्यालयहरु झन समस्यामा परेका छन् । लामो समय सम्म पनि जिल्ला शिक्षा कार्यालयले दरवन्दी नदिदाँ निजि स्रोतबाट र प्रावि शिक्षकले निमावि तह सञ्चालन गरिरहेका बिद्यालयमा समस्या भएको छ ।
अहिले सञ्चालनमा रहेका जय नेपाल निमावि गर्चे, भगवती निमावि खैरागाड, भैरवी निमावि देवस्थल, सरस्वती निमावि लाँखर, निमावि क्युरेनी बामे, राधा निमावि भलाखर्क घाँझरीपिपल लगाएतका आधा दर्जन बढी निम्न माद्यामिक विद्यालय कक्षा ८ सञ्चालन भएता पनि आउदो शैक्षिक सत्रबाट वन्द गर्ने अवस्थामा पुगेका छन् ।
तलव भत्ता खुवाउन समस्या भएकोले र अन्य निकायको आर्थिक असहयोगका कारण निमाविबाट प्राविमा विद्यालय झार्नु पर्ने अवस्था सिर्जना भएको सम्वन्धीत विद्यालयका प्रधानाध्यापकहरुको गुणासो रहेको छ । उक्त विद्यालयहरुमा विद्यार्थीको चाप पनि वढि रहेको पाईन्छ ।
अहिले सम्म सामान्य तथा न्युन सरकारी पिसिएफ अनुदानबाट प्रति महिनाको ३ हजार देखि ५ हजार सम्मको तलव भत्तामा पढाउदै आएका निजि स्रोतका शिक्षहरु तेहि न्युन तलव पनि वर्षमा १ पटक वुझ्ने गरेका छन् । विद्यालयमा आर्थिक स्रोत जुट्न नसक्दा निजि स्रोतका शिक्षलाई चौमासिक तलव खुवाउन ग्राहो भएको भगवती निमावि मुलखोला ९ खैरागाडका प्रधानाध्यापक केशवराज शर्माले वताउनु भयो ।
निमावि पढाई हुने विद्यालय निक्कै टाढा भएकोले समुदाय स्तर र विद्यालय परिवारबाट हौसियर सञ्चालन गरेका निमाविको अवस्था आर्थिक जोह जुटन नसक्दा धरापमा परेको भैरवी निमावि वेलखोला देवस्थलका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देविलाल वुढाले वताउनु भयो ।यस्तै मावि च्युरामा कक्षा ९ र १० का विद्यार्थीको संख्या ३ सय बढी रहेको छ । सेक्सन विभाजन गरि कक्षा सञ्चालन गर्नु पर्ने भए पनि शिक्षक अभाव भएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यार्थीबाट सामान्य शुल्क उठाउन नपाएको र निजि शिक्षकलाई तलव खुवाउन समस्या भएकोले विद्यालयहरुले आउदो शैक्षिक सत्रबाट विद्यालयले थेग्न सक्ने विद्थार्यी मात्रै भर्ना गर्न जनाएका छन् । यता जिल्ला शिक्षा कार्यालयले बिभिन्न बिद्यालयहरुमा बिद्यार्थी र शिक्षक दरबन्दी हेरेर खाली रहेको ठाउँमा पदपूर्ती गर्ने आश्वासन दिएको छ ।












प्रतिक्रिया