१९ कार्तिक २०८३, बिहिबार

पत्रकार महासंघ संखुवासभाको अध्यक्षमा गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, ११ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा गंगा बिस्ट प्रजिना शाक्य, सचिवमा अनिश विष्ट, सहसचिवमा नबिन दाहाल र मोहन कुमार राई तथा कोषाध्यक्षमा नबिन गुरुङ चयन हुनुभएको छ ।

अधिवेशनबाट श्याम निरौला, दिपेन्द्र शाक्य, कमला शाक्य र गोविन्द राई प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ । अधिवेशनले पदम बहादुर अधिकारी, छेटु शेर्पा र कुबेर प्रसाद भेटवाललाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।