काठमाडौं, ५ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यलाभको कामना गर्न पूर्व प्रधानमन्त्रीदेखि विभिन्न दलका नेतासमेत नर्भिक अस्पताल पुगेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रलाई हृदयघात भई नर्भिक अस्पतालमा भर्ना गरेपछि उहाँको स्वास्थ्य लाभको कामना गर्न अस्पताल परिसरमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, राप्रपा नेपालका नेता पदमसुन्दर लावतीलगायत पुगेका हुन् ।
पूर्व रानी कोमल पनि नर्भिक पुगेका छन् । बुहारी हिमानी, छोरी प्रेरणा पनि अस्पताल पुगेका छन् ।
पूर्वराजालाई स्वास्थ्यलाभको कामना गर्न पुगेका सयौँले शुभेच्छुकका लागि अस्पताल परिसरमा राखिएको हस्ताक्षर पुस्तिकामा लाइनमा बसेर हस्ताक्षर गरेका छन् ।
राप्रपा नेपालले हृदयघात भएर अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य लाभको कामना गर्दै केन्द्रीसदस्य, सभासद, तथा वरिष्ठ नेताहरूलाई नर्भिक गएर स्वास्थ्य लाभको कामना गर्न केन्द्रीय तहबाटै उर्दी जारी गरेको छ ।
त्यसैगरी राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले एक विज्ञप्ति निकादली पूर्व राजा ज्ञानेन्द्रलाई भएको हृदयघातले राप्रपा नेपाललाई दुःख लागेको बताउनु भएको छ ।
‘हृदयघात भई काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत पूर्व राजा शाहको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
















प्रतिक्रिया