– श्रीकान्त गुप्ता
बारा, १० फागुन । सरकारले स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चामा आबद्ध दलहरुले आजदेखि आन्दोलन शुरु गरेका छन्
मधेसी मोर्चाले बाराको कलैयास्थित भरत चौकमा मंगलबार बेलुका ५ बजे प्रधामन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गर्दै आन्दोलन थालेको हो । पुत्ला दहन पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै संघिय समाजवादी फोरम नेपाल जिल्ला अध्यक्ष रामबाबु कुमार यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेको प्रचण्डले अहिले मोर्चाको सहमति बेगर जबरजस्ति चुनावको मिति घोषणा गरेर धोका दिएको बताए ।
उहाँले संविधान संशोधन नगरि हुने चुनावको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले सरकारले घोषणा गरेपनि मधेसमा मधेसी दलहरुले चुनाव हुन नदिने चेतावनी पनि दिनुभयो ।
हिजो साँझ सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
मोर्चाले संविधान संशोधन बिना गरिने निर्वाचन स्वीकार्य नहुने बताउँदै आज साँझ देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । भने भोलि ११ गते मधेस बन्दको आह्वान गरेको छ ।













प्रतिक्रिया