१९ कार्तिक २०८३, बिहिबार

मेची-महाकाली अभियान सफल पार्न एमाले परासीको यस्तो तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, १० फागुन । नेकपा एमालेले आगामी फागुन २१ गते देखि सुरु गर्न लागेको मेची महाकाली जागरण अभियान अन्तरगत नवलपरासीको भुमहीमा हुने कार्यक्रम सफल पार्न एमाले परासी क्षेत्र जिल्ला संगठन कमिटिले विभिन्न मुल व्यवस्थापन तथा विभिन्न उपसमितिहरु गठन गरेको छ । मेची महाकाली अभियान आगामी फागुन २९ गते भुमहीमा आउने कार्यक्रम छ । हुकईमा पनि बाटो शिलान्यास गर्ने कार्यक्रम छ ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको उक्त टोलीको कार्यक्रमलाई भुमहीमा दश हजार जनसहमागिता जुटाउन र भव्य रुपमा सफल पार्न भन्दै आज बसेको जिल्ला कमिटिको बैठकले समिति तथा उपसमिति गठन गरेको बताएको छ । बैठकले जिल्ला संयोजक तुल्सी पासीको संयोजकत्वमा मुल व्यवस्थापन समिति गठन गरेको छ । जसमा जिल्ला कमिटिका सवै सदस्य, पुर्व जिल्ला सदस्य, पुर्व जिल्ला सल्हाकारहरु, क्षत्रिय कमिटिका पदाधिकारी तथा सदस्यहरु, गाउँ नगर कमिटिका पदाधिकारी, जनसंगठनका जिल्ला तहका पदाधिकारी मुल समितिमा रहेका छन ।

यस्तै सहसंयोजक थानप्रसाद गैरेको संयोजकत्वमा जनपरिचालन उपसमिति, पुण्य पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति, धिरज शर्माको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, रुक्मागत ज्ञवालीको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सुवास जिसिको संयोजकत्वमा स्वयमसेवक उपसमिति, केशव भण्डारीको संयोजकत्वमा यातायात उपसमिति, सरस्वती सुवेदीको संयोजकत्वमा मन्च व्यवस्थापन उपसमिति, सरिता खनालको संयोजकत्वमा सास्कृतिक उपसमिति गठन गरिएको जिल्ला संयोजक तुल्सी पासीले बताउनुभयो ।

बैठकले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिताउन पाल्ही क्याम्पस, महाकवि देवकोटा क्यामपस, त्रिभुवन क्याम्पस र दिव्यजोति क्याम्पसमा चुनाव जिताउन पनि विभिन्न नेतालाई जिम्मेवारी दिएको छ भने अघिल्लो बैठकबाट जिल्ला कमिटि सदस्यमा मनोेनित २९ जना जिल्ला सदस्यलाई जिल्ला संयोजक पासीले सपथग्रहण समेत गराउनुभएको छ ।