काठमाडौं, १० फागुन । अवैध रुपमा लैजान लागेको अमेरिकी डलरसहित एक महिला पक्राउ परेकी छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको हेण्डब्याग चेकिङ्ग एरियामा चेकजाँच गर्नेक्रममा बुद्ध एयरको उडान नम्बर ३५९ द्वारा काठमाडौंबाट भरतपुरतर्फ जान लागेकी नवलपरासी, गैंडाकोट–१२ की ३६ वर्षीया ध्रुवकुमारी शर्मालाई लुकाइछिपाई अवैधरुपमा लैजान लागेको अमेरिकी डलर १६ हजार ४ सय सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।












प्रतिक्रिया