१९ कार्तिक २०८३, बिहिबार

ललितपुरमा जुवातास खेलिरहेका ६ जना पक्राउ, एक लाखभन्दा बढी रुपैयाँ बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १० फागुन । ललितपुरमा जुवातास खेल्ने ६ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर उपमहानगरपालिका–८ बालकुमारीस्थित चन्द्र श्रेष्ठको घरमा मिन बहादुर तामाङले संचालन गरेको लिटिल बुद्ध होटल एण्ड गेष्ट हाउसमा जुवातास खेली रहेको अवस्थामा रामेछाप रामपुर घर भई हाल सोही गेष्ट हाउसमा बस्ने ३२ बर्षीय सिचन लामा सहित ६ जनालाई नगद १ लाख २० हजार ८ सय ३५ रुपैयाँ, भारतीय १ हजार रुपैयाँ र ९ बुक तास सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

यस सम्वन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।