१९ कार्तिक २०८३, बिहिबार

अबको आन्दोलन निर्माण र सिर्जनाको लागिः ढुंगेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मोहन पौडेल

परासी, ९ फागुन । राष्ट्रिय युवा परिषद्का केन्द्रीय उपाध्यक्ष माधव ढुंगेलले अबको आन्दोलन निर्माण र सिर्जनाका लागि हुनुपर्ने बताउनुभएको छ । नवलपरासीको सुनवलमा आज अगुवा युवा तथा विद्यार्थी प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष ढुंगेलले अव आर्थिक समृद्धि विना मुलुक अघि बढ्न नसक्ने बताउनुभयो ।

अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका ढुंगेलले विकास निर्माण हुने गरि समृद्धिको आन्दोलन नेतृत्व अव युवाले गर्नै बेला आएको पनि तर्क गर्नुभयो । ढुंगेलले युवा परिषदले देशभरका युवाहरुलाई उद्यमशिल बनाएर स्वरोजगार बनाउने कार्यक्रम अघि सारेको पनि जानकारी दिनुभयो ।

यस्तै युवा संघ नेपालका केन्द्रीय महासचिव किरण पौडेलले युवाको नेतृत्व विना मुलुक अघि बढ्न नसकेको भन्दै गाउँ गाउँबाट उठ्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीको हक हितका लागि लड्ने संगठन अनेरास्ववियुलाई स्ववियु निर्वाचनमा जिताउन पनि आग्रह गर्नुभयो ।

अनेरास्ववियुका क्षेत्रीय अध्यक्ष रमेश नेपालीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका जिल्ला संहसंयोजक थानप्रसाद गैरे, जिल्ला सदस्य राजनकुमार आर्चाय, महाकवि देवकोटा क्याम्पसको स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार निरुता गैरे, ग्लोकल टिन हिरो विपना शर्मा लगातयले बोल्नुभएको थियो ।