१९ कार्तिक २०८३, बिहिबार

‘निर्वाचनमा राष्ट्रवादी र विखण्डनकारीबीच लडाइँ हुने’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ९ फागुन । नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसालले सम्पूर्ण कार्यकताहरुलाई निर्वाचन केन्द्रित भएर लाग्न निर्देशन दिनु भएको छ ।

रिघा बागलुङको विस्तारित बैठकलाई मनेवामा सम्बोधन गर्दै भुसालले अहिलेको निर्वाचनमा राष्ट्रवादी शक्ति र देश विखण्डन गर्ने खोज्नेबीच लडाइँ हुने भन्दै उच्च मनोवलका साथ निर्वाचन अभियानमा लाग्न निर्देशन दिनुभयो ।

वैठकले एमाले रिघाको पाचौं गाउँ अधिवेशन यहि फागुन १६ गते गाविस भवन ठूलो रिघामा सम्पन्न गर्ने, फागुन २२ गते वुर्तिवाङमा सम्पन्न हुने एमालेको क्षेत्रिय अधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने, प्रत्येक वडामा वडा कमिटि गठन गर्ने, जनवर्गिय संगठनका गाउँ कमिटिका वैठक आयोजना गर्ने लगाएतका निर्णय गरेको छ ।

विस्तारित वैठकमा एमाले जिल्ला कमिटि सदस्य डम्वर श्रीस, क्षेत्रिय कमिटि सदस्य झलक थापा, गाउँ कमिटिका पूर्व अध्यक्ष डोलेन्द्र राना, सल्लाहकार सदस्य शस वहादुर घर्ति लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वैठक गाउँ कमिटि उपाध्यक्ष भक्त वहादुर सिँजालीको अध्यक्षता एवं सचिव श्याम श्रीसको संचालनमा सम्पन्न भएको गाउँ कमिटि पूर्व अध्यक्ष डोलेन्द्र रानाले जानकारी दिनुभएको छ ।

यसैबीच नेकपा एमाले रिघा गाउँ कमिटिको आयोजनामा युवा संघ रिघाका सदस्य राम वहादुर कुमालका पिता नर वहादुर कुमालको स्मृतिमा शोक सभा सम्पन्न गरेको छ। शोक सभामा एमाले जिल्ला कमिटि बागलुङका उपसचिव विष्णु भुसाल, जिल्ला कमिटि सदस्य डम्वर श्रीस, लगाएतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । शोक सभामा उपस्थित सम्पूर्ण पार्टि कार्यकता तथा आफन्तजनहरुले स्वर्गीय कुमालको फोटोमा माल्यार्पण गरेका थिए । कार्यक्रम नेकपा एमाले गाउँ कमिटि रिघाका उपाध्यक्ष भक्त वहादुर सिंजालीको अध्यक्षता, पूर्व गाउँ कमिटि अध्यक्ष डोलेन्द्र रानाको संचालनमा सम्पन्न भएको थियो ।