१९ कार्तिक २०८३, बिहिबार

बाग्लुङका १८ बर्षीया भीम सुनारले बनाए ओशियन गाडी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । बाग्लुङ्गका १८ बर्षीया यूवक भीम सुनारले ‘ओशियन’ नामको गाडी निर्माण गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालय भृकुटीमण्डपमा सुनारले एक महिना समय लगाएर निर्माण गरेको गाडी सार्वजनिक गरेका हुन् ।

साक्षात्कारमा युवक सुनारले आफ्नो सिप र दक्षतालाई राज्यले उपभोग गर्नुपर्ने बताए । उनले भने, ‘म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यो बेला डोजर बनाएर प्रदर्शन गरेको थिए, त्यसपछि रोवर्ट र हेलिकप्टर बनाए, आज आएर ओशियन नामको चार पाँग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।’

सुनारले अघि थपे, ‘यो गाडी ८० हजार लगानीमा निर्माण भएको छ, ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै राम्रो गाडी बनाउन सक्छु, राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केही गर्न चाहने युवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौँ, यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’

सञ्चारकर्मीले मेशिनको निर्माण कसरी गर्नु भयो नि भनेर गरेको प्रश्नको जवाफमा उनले भने, ‘लगानीको अभावमा मैले यतिखेर यो गाडीमा बाईकको ईन्जिन राखेको छु, मेरो कनसेप्ट ब्याट्रिबाट चल्ने गाडि बनाउने हो, लगानी भयो भने सबै आफैले निर्माण गर्नसक्छु, यो गाडिको स्ट्रिङ मैले आफै बनाएको हुँ, राज्यले हामीलाई नहरे पनि आफ्नै लगानीमा आफ्नो सिपलाई जिवित राख्ने प्रयास गर्नुपर्दछ, मलाई मात्रै होईन, अन्य धेरै यूवाको क्षमतालाई राज्यले सदुपयोग गर्न सकेको छैन्, यसमा दुःख लाग्छ ।’

आगामी दिनहरुमा कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएका सुनार आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यबस्थापन गर्ने मेसिनको साथै तरकारि काट्ने मेसिन बनाउने बताउछन् ।