काठमाडौं, ९ फागुन । ‘प्रचण्ड’माथि क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै नयाँ पार्टी गठन गरेर पनि उल्लेख्य गतिविधी गर्न नसकेपछि पुनः ‘प्रचण्ड’को विकल्प छैन भन्दै माओवादीमा फर्किएका मातृका यादवले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
माओवादीका वरिष्ठ नेताहरूमाथि गम्भीर आरोप लगाउँदै मातृकाले केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएका हुन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।
माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, प्रभु साह, विश्वनाथ साहलगायतका कारण राजीनामा दिन बाध्य भएको उनले पत्रमा उल्लेख गरेको स्रोतले जनाएको छ ।
विभिन्न झुण्डहरूबीच एकता भई माओवादी केन्द्र बनेपछि २ नम्बर प्रदेश र मधेसी मोर्चाको इञ्चार्ज बनेका यादवले राखेको प्रस्ताव कसैले पनि नमान्ने अवस्था सिर्जना भएपछि उनले नेताहरूमाथि दोष लगाउँदै राजीनामा दिएका हुन् ।












प्रतिक्रिया