काठमाडौं, ९ फागुन । मधेसी दलहरूले दिएको समर्थन फिर्ता गरे भने सरकार ढल्छ कि ढल्दैन ? भन्ने प्रश्न राजनीतिक वृत्तमा खडा भएको छ । सिधा आँखाले हेर्दा मधेसी दलले समर्थन फिर्ता लिँदैमा सरकार अल्पमतमा पर्दैन ।
बहुमतको लागि दुई सय ९७ सिट आवश्यक पर्छ । नेपाली कांग्रेसको दुई सय ६, माओवादी केन्द्रको ८२ र राप्रपाको ३७ र अन्य साना दुई दलको एक–एक गरी तीन सय २७ सिट छ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
राप्रपाले समर्थन फिर्ता लियो भने मात्रै प्रधानमन्त्री प्रचण्डका लागि मुस्किल हुन्छ । त्यति बेला उनलाई सात सिट अपुग हुन्छ ।
एमालेको सहमतिमा नारायणकाजी श्रेष्ठले दिल्ली भ्रमण गर्नु र प्रधानमन्त्री प्रचण्डले चुनाव घोषणाको तयारी गर्नासाथ मधेसी दलले समर्थन फिर्ता लिने तयारी गर्नु संयोग मात्रै मानिएको छैन ।
यसअघि पनि एमाले नेतृत्वको सरकारले चुनावको कार्यतालिका सार्वजनिक गर्नासाथ माओवादी सरकारबाट बाहिरिएको थियो । ओली सरकार ढलेको थियो । यसपटक पनि त्यस्तै नै हुने त होइन भन्दै प्रधानमन्त्री प्रचण्ड तर्सेका छन् ।
नेपाली कांग्रेसको नेतृत्वको सरकार हुँदा मधेसी दलले आन्दोलन गरेर तराई ठप्प मात्रै बनाएका थिएनन्, भरातले नाकाबन्दी नै लगाएको थियो ।












प्रतिक्रिया