काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय सिंहदरबार र निवास बालुवाटारमा परिवारवाद हावी भएको भन्दै बढेको असन्तुष्टिले संगठित रुपधारण गरेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य कार्यालय तथा निवास जान छाडेको एक महिना भइसकेको छ भने निजी सचिव जोखबहादुर महरा पनि राजीनामा दिने मनस्थितिमा पुगेका छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।
समाचार स्रोतका अनुसार श्रीमती सीता दाहाल, छोरा प्रकाश दाहाल, छोरी रेणु, बुहारी विना मगर, भाइ नारायण दाहालको इसारा बेगर प्रधानमन्त्री ‘प्रचण्ड’ स्वयंले पनि स्वतन्त्र ढंगले काम गर्न नसक्ने अवस्था देखिएपछि प्रेस सल्लाहकार आचार्य रुष्ट बनेका हुन् ।
आचार्य जान छाडेपछि उनको कुर्सीमा ‘प्रचण्ड’का भाइ नारायण दाहाल बस्ने गरेको बुझिएको छ ।
प्रेस सल्लाहकारको भूमिकामा चक्रपाणि खनाल देखिएका छन् । भाइ नारायण दाहाल प्रशासनिक सल्लाहकार भएका कारण टंकमणि शर्मा र झनाथ ढकाल पेण्डुलम बनेका छन् । नारायण दाहाल हावी भएपछि राजीनामा दिने मनस्थितिमा शर्मा र ढकाल छन् ।












प्रतिक्रिया