बाल्टिमोर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोरबाट औपचारिक रूपमा घोषणा गरेकी छिन् ।
डिसी महानगर क्षेत्रमा लामो समयदेखि समाज सेवा तथा विभिन्न संघ–संस्थामा संलग्न भै काम गरीसकेकी थापाले आगामी कार्यकाल २०१७–१९ का लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेदवारी दिएकी हुन् ।
यसअघि बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को अध्यक्ष भइ सफलतापूर्वक काम गरेकी थापाले अहिलेसम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको मन्तब्यको क्रममा बताएकी छिन् ।
थापाले आफ्नो घोषणा पत्र समेत जारी गरेकी छिन् । आफ्नो नेतृत्व कार्यकालमा एनआरएनए एनसीसी अमेरिका विश्वमा सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुने आफ्नो सपना रहेको उनले बताईन ।
अमेरिकामा रहेका नेपाली समुदायहरूको लागि र मातृभूमि नेपालमा गरिने परियोजना गरी आफ्नो कार्यकालमा दुई खाले परियोजना हुने थापाले बताइन् । सम्पूर्ण परियोजना मध्ये ८० प्रतिशत चाँही अमेरिकामा रहेका नेपाली समुदायको हितमा गरिने उनको भनाइ छ ।
थापाको घोषणापत्रअनुसार व्यवस्थापन बारेमा चर्चा गर्दै हप्तामा ५ देखि ६ दिनसम्म दैनिक ८ घण्टा खोल्ने कार्यालय खोलिनेछ ।
















प्रतिक्रिया